अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०९ | Colorodo: 23:24

बंगलादेशका राष्ट्रपति अब्दुल हमिद नेपाल भ्रमणमा

बिआरटीनेपाल २०७६ कार्तिक २६ गते ७:१५ मा प्रकाशित

बंगलादेशका राष्ट्रपति अब्दुल हमिद नेपाल भ्रमणमा आउनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक मैत्रीपूर्ण निमन्त्रणामा उहाँ नेपालको राजकीय भ्रमणमा आउनु भएको हो । उहाँलाइ राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्वागत गर्नुभयो ।

बंगलादेशी राष्ट्रपतिको यो तीन दशकपछिको नेपाल भ्रमण हो । यो भ्रमणले दुई देशबीचको व्यापारिक सम्बन्ध पुनःप्रवर्धन हुने बताइएको छ । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति हमिद कात्तिक २६ गतेदेखि २९ गतेसम्म नेपालको औपचारिक भ्रमणमा रहनुहुने छ । उहाँको स्वागतमा त्रिभुवन विमानस्थलदेखि राजधानीका विभिन्न सडकलाई झकिझकाउ बनाई सिँगारिएको थियो ।

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाले गार्ड अफ अनर पनि प्रदान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू