अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४९ | Colorodo: 18:04

इराकमा सरकार विरोधी प्रदर्शन, ७ जनाको मृत्यु

बिआरटीनेपाल २०७६ कार्तिक २४ गते ७:२२ मा प्रकाशित

इराकमा जारी सरकार विरुद्धको प्रदर्शनमा झडप हुँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ । प्रदर्शनकारीलाई रोक्न सुरक्षाकर्मीले अश्रुग्यास र ध्वनी बम प्रयोग गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । घटनामा कयौं घाइते भएको बताइएको छ ।

बगदादको मध्य भागमा रहेको टाइग्रिस नदीमा रहेका तीनवटा पुल आन्दोलनकारीले नियन्त्रणमा लिएपछि सुरक्षाकर्मीसँग झडप भएको हो । दक्षिणी शहर बसरामा सुरक्षाकर्मीहरुले प्रान्तीय सरकारको मुख्यालयको बाहिर प्रदर्शन शिविर हटाउँदा तीन जना प्रदर्शनकारी मारिएका थिए भने दर्जनौ घाइते भएका थिए ।

गत अक्टोबरमा सुरु भएको प्रदर्शनका क्रममा २ सय ५० भन्दा बढीको मृत्यु भएको छ भने हजारौं घाइते भएका छन् । सुरक्षाकर्मीले अत्याधिक बल प्रयोग गरेर आन्दोलनकारीको मृत्यु भएको भएपनि आन्तरिक मन्त्रालयले भने घटनामा कसैको मृत्यु नभएको दावी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू