अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१३ | Colorodo: 22:28

अष्ट्रेलियामा तीनदेखि लागेको डढेलो नियन्त्रणमा आएन, तीनको मृत्यु, सयौं घर जलेर नष्ट

बिआरटीनेपाल २०७६ कार्तिक २४ गते ७:०७ मा प्रकाशित

अष्ट्रेलियाका क्वीन्सल्याण्डको जंगलमा लागेको डढेलोको कारण कम्तीमा ३ जनाको मृत्य भएको छ । डढेलोमा हराएका चार जनाको खोजी कार्य जारी छ । गत शुक्रबारदेखि लागेको डढेलो हालसम्म नियन्त्रणमा आएको छैन । यसैबीच अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले १३ सय अग्नीनियन्त्रक परिचालन गरेको बताउँदै डढेलो नियन्त्रणका लागि सेना समेत पठाउन सकिने जानकारी दिनुभएको छ ।

डढेलो नियन्त्रणका लागि खटिएका अग्नीनियन्त्रकलाई क्वीन्सल्याण्ड र साउथ वेल्समा सयौं नागरिकहरुले स्वयमसेवकको भूमिका निर्वाह गरिरहेका छन् । डढेलोका कारण सय भन्दा बढी घरहरु जलेर नष्ट भएका छन् । प्रतिसेकेन्ड ३५ सेन्टिमिटरको दरले ताप आएकोले हजारौं हेक्टर जंगल जलेर खरानी भएको मौसमविदहरुले जनाएका छन् ।

आगलागीका कारण सो क्षेत्रमा आपतकालिन अवस्थाको घोषणा गरिएको छ भने डढेलो लागेको क्षेत्रका आसपासका सर्वसाधरणलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू