अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२५ | Colorodo: 22:40

गजल

आचार्य प्रभा २०७६ कार्तिक २३ गते २२:०७ मा प्रकाशित
देश त्यो हँसाउनुमै छ शान
ईज्जत बँचाउनुमै छ शान ।
हुन्न है छाड्न आई लाग्नेलाई
शत्रु ती धपाउनुमै छ शान ।
जो आए हेपेर रजाईं गर्न
सिमाना कटाउनुमै छ शान ।
लौ देखाउ बिरता युवाहरु
टाउका छप्काउनुमै छ शान ।
घाईते आमाको छातीभरी
मल्हम लगाउनुमै छ शान ।