अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४९ | Colorodo: 09:04

सर्वदलीय बैठक– कालापानी मुद्धामा तत्काल भारतसंग संवाद थाल्न सरकारलाई दलहरुको सुझाव

बिआरटीनेपाल २०७६ कार्तिक २३ गते ७:१९ मा प्रकाशित

राजनीतिक दलहरुले भारतसंगको नक्सा विवादको सवालमा तत्काल भारतीय पक्षसंग संवाद थाल्न सरकारलाई सुझाव दिएका छन् । प्रधानमन्त्रको सरकारी निवास बालुवाटारमा सम्पन्न सर्वदलीय बैठकमा दलहरुले भारतीय राजदूतलाई बोलाएर स्पष्टकीरण सोध्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुुझाव दिएका हुन् ।

भारतले कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको करिब ३७ हजार हेक्टर नेपाली भूमिलाई गत आइतवार जारी गरिएको नयाँ राजनीतिक नक्सामा राखेपछि आक्रोश बढेका बेला दलहरुले नेपाल सरकारलाई यस्तो सुझाव दिएका हुन्। नेपाली भूमि राखेर जारी गरिएको नक्साको बारेमा सरकारले भारतीय राजदूत बोलाएर स्पष्टीकरण लिनुपर्ने विषयमा सबै दलहरू एकै ठाउँ र एकमत रहेको बैठकमा सहभागी नेताहरुले बताएका छन् ।

कालापानीमा पहिल्यै भारतीय सेनाको टुकडी बसेको स्विाकार गर्दै दलहरुले त्यसलाई पहिलेनै हटाउनु पर्ने बताएका थिए । सेना बसेको भूभाग आफ्नो नक्सामा हाल्नु भारतको झन् ठूलो गल्ती रहेकोमा एकमत रहेका छन् । कालापानीको उद्गमस्थल लिम्पियाधुरा हो भन्ने कुरा नक्सा र तथ्यहरूले देखाएकोल सरकारले कति पनि जमिन छोड्न नहुने उनीहरुको जोड रहेको छ ।

भारतलाई सीमा सम्बन्धि दुई पक्षीय सचिवस्तरीय प्रतिवेदन सार्वजनिक गर्न नेपाल सरकारले दवाव दिनुपर्ने दलहरुको भनाई छ । सबै उपाय अवलम्वन गर्दापनि भारतले सीमा फिर्ता नगरे अन्तर्राट्रिय मञ्चमा जानुपर्ने समेत दलहरुले सरकारलाई सुझाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू