अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२० | Colorodo: 14:35

महराले नैतिक गल्ती गरेकै हुन् – प्रचण्ड

बिआरटीनेपाल २०७६ कार्तिक २० गते ७:०० मा प्रकाशित

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान सभामुख कृष्णबहादुर महराले गल्ती गरेको बताउनुभएको छ । प्रेस संगठनले बुधबार बिहान घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उहाँले महराले नैतिकरुपमा गल्ती गरेका कारण कानुनीरुपमा उचित कारवाही हुनुपर्ने धारणा राख्नुभयो ।

लामो सयमसम्म महराबारे सार्वजनिकरुपमा कुनै धारणा बाहिर नल्याउनुभएका अध्यक्ष प्रचण्डले गम्भिर नैतिक गल्ती गर्दा पनि उल्टै पार्टी अध्यक्षलाई ढाँटेर महराले झन ठूलो गल्ती गरेको ठहर गर्नुभयो । जिम्मेवार पदमा पुगेको व्यक्तिले अनैतिक काम गर्नु र पार्टी नेतृत्वलाई ढाँट्नु झन् नराम्रो काम भएको उहाको भनाई थियो ।

महराले गरेको गल्तीका बारे अदालतले आवश्यक न्यायिक निर्णय गर्नेमा आफूहरु आशावादी रहेको उल्लेख गर्दै प्रचण्डले यस घटनाले अन्य गलत काम गर्नेहरुलाई पनि सजग गराउने बताउनुभयो । महरा प्रकरण गम्भिर नैतिक गल्ती भएकोले यस्तो घटनामा राजनीतिक संरक्षण उचित नहुने उहाको भनाई थियो । महराले आफूले गरेको गल्ती स्विकार गर्दै कानूनी प्रक्रियामा राज्यलाई सहयोग गर्नुपर्ने बताउँदै प्रचण्डले फेरी सच्चिएर जनताको सेवामा फर्कने आशा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू