अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२७ | Colorodo: 22:42

नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि मन्त्रीपरिषद्को सिफारिस, अनुमोदनका लागि नामावली राष्ट्रपतिकहाँ पठाईयो

बिआरटीनेपाल २०७६ कार्तिक १८ गते ७:१२ मा प्रकाशित

नेपाल सरकार मन्त्रिपरिषद् बैठकले मुलुकका सातै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस सहितको नामावली राष्ट्रपति कार्यालयमा पठाएको छ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले प्रस्ताव गरेका नाम मन्त्रिरिषद बैठकबाट सिफारिस भई अनुमोदनका लागि राष्ट्रपति कार्यालयमा पठाइएको हो।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश नम्बर १ मा सोमनाथ अधिकारी प्यासी, प्रदेश नम्बर २ मा तिलक परियार, प्रदेश नम्बर ३ मा विष्णु प्रसाईं, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश नम्बर ५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्द कलौनी र सुदुरपश्चिम प्रदेशमा शर्मिला त्रिपाठीलाई नियुक्ति गर्न राष्ट्रपति कार्यालयमा नाम सिफारिस गरेको थियो ।

यसैबीच, नवनियुक्त प्रदेश प्रमुखहरूको मंगलवार विहान राष्ट्रपति कार्यालयमा सपथ हुने राष्ट्रपति कार्यालय शीतल निवासले जनाएको छ। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले ३ माघ २०७४ मा नियुक्त गरेका सातै प्रदेशका प्रदेश प्रमुखलाई आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले पदमुक्त गर्ने सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू