अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२६ | Colorodo: 06:41

अमेरिकामा हलोविन पार्टीमा गोली चल्दा ३ जनाको मृत्यु, ९ घाइते

बिआरटीनेपाल २०७६ कार्तिक १३ गते ७:२३ मा प्रकाशित

अमेरिकाको क्यालिफोर्नियाको लङ बीचमा भइरहेको एउटा हलोविन पार्टीमा मंगलबार राति गोली चल्दा ३ जनाको ज्यान गएको छ भने ९ जना घाइते भएका छन्। घाइतेहरुको अवस्था गम्भीर छ भने उनीहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको लस एन्जलस टाइम्सले जनाएको छ।

लङबीच फायर प्रवक्ता जेके हेफलिनका अनुसार रातको १०ः४४ बजेतिर उक्त पार्टी भइरहेको स्थानमा आक्रमण भएको हो। स्थानीय ४१ वर्षीय रिचार्ड भिलालाभोसले पार्टी प्यालेस नजिकै बन्दुकधारीहरुले गोली चलाएको र त्यसको करीब १० मिनेटपछि मात्रै प्रहरी त्यहाँ पुगेको जनाएका छन् ।

उक्त पार्टी स्थलमा करिब १७ देखि २० पटकसम्म गोली पड्किएको आवाज आफूहरुले सुनेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू