अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२७ | Colorodo: 18:42

कुर्द लडाकू पछि नहटे पुनः आक्रमण थाल्ने टर्कीको चेतावनी

बिआरटीनेपाल २०७६ कार्तिक ३ गते ९:२४ मा प्रकाशित

टर्कीका राष्ट्रपति रेसेप तैय्य एर्दोआनले उत्तरी सिरियाबाट कुर्द लडाकुहरुलाई योजनावद्ध रुपमा सुरक्षित स्थानमा सर्न आग्रह गर्नुभएको छ । राष्ट्रपति एर्दोआनल टर्कीले सुरक्षित स्थानको रुपमा प्रस्ताव गरेको सिरियाको उत्तरी सिमाक्षेत्रबाट कुर्द लडाकू नहटे झन् ठूलो नरसंहार हुने चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

टर्कीले उक्त क्षेत्रबाट कुर्द लडाकूहरुलाई पछि हट्न पाँच दिनका लागि युद्धविरामको घोषणा गरेको थियो । तर दुवै पक्षले एकअर्कालाई युद्धविरामको उल्लंघन गरेको आरोप लगाएका छन् । राष्ट्रपति एर्दोआनोले मंगलबारभित्र कुर्द लडाकू पछि नहटे फेरि आक्रमण सुरु गर्ने चेतावनी दिएको स्थानीय टेलिभिजनहरुलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू