अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१६ | Colorodo: 03:31

एक एनआरएन एक विदेशी प्रस्तावमा गैरआवासीय नेपाली संघको सहमति

बिआरटीनेपाल २०७६ कार्तिक ३ गते ९:११ मा प्रकाशित

आगामी वर्षलाई भ्रमण वर्ष मनाउने सरकारले अन्तिम तयारी गरिरहँदा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले अघि सारेको एक एनआरएन एक विदेशी प्रस्तावमा गैरआवासीय नेपाली संघले सहमति गरेको छ ।

यस सम्बन्धी समझदारी पत्रमा मन्त्री भट्टराईको उपस्थितिमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमाार पन्त र नेपाल भ्रमण वर्ष २०२० को सचिवालयका राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले हस्ताक्षर गर्नुभएको छ । समझदारीपत्रको पहिलो बुँदामा मन्त्री भट्टराईले अघि सारेको एक एनआरएनले एक विदेशीलाई नेपाल घुम्न पठाउने अभियान सञ्चालन गर्ने उल्लेख छ ।

यो कुराको अभिलेखीकरण सचिवालय र संघले गर्ने व्यवस्था मिलाउने भएका छन् । त्यसरी विदेशी साथी नेपाल पठाउने व्यक्ति र संघ वा संस्थालाई सम्मानको लागि सरकार समक्ष सिफारिस गरिने समझदारीमा उल्लेख गरिएको छ । त्यसबाहेक भ्रमण वर्षभर संघले विदेशमा आयोजना गर्ने गोष्ठी, सेमिनार लगायतका कार्यक्रम नेपालमा गर्ने भएका छन् ।

२० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष–२०२० को उद्घाटन जनवरी १ मा हुँदैछ । भ्रमण वर्ष नजिकिरहेका बेला सचिवालयले त्यसको प्रचारात्मक अभियानलाई तीव्रता दिन एनआरएनएसँग पनि सम्झौता गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू