अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:११ | Colorodo: 07:26

अमेरिकाको न्यु ओर्लीयन्समा ढल्यो हार्ड रक होटल, १ जनाको मृत्यु

बिआरटीनेपाल २०७६ असोज २६ गते ८:२४ मा प्रकाशित

अमेरिकाको न्यु ओर्लीयन्समा रहेको निर्माणाधीन हार्ड रक होटलको एक भाग भत्किँदा एकजना मारिएका छन् र कम्तीमा १८ जना घाइते भएका छन् । भवन भत्केको भिडियो सामाजिक सञ्जालमा व्यापक शेयर गरिएको थियो र फायर डिपार्टमेन्टले घटनापछिको तस्वीरहरू पोस्ट गरेको थियो । तस्वीरमा भत्केका तल्ला र फुटेका निर्माण सामग्री देखिन्छन् ।

स्थानीय सञ्चारमाध्यमले तीनजना हराइरहेको र आपतकालीन सेवाहरूले उद्धारक कुकुर तथा ड्रोन उपयोग गरेर थप पीडितको खोजी गरिरहेको जनाएका छन् । लुइजियानाका गभर्नर जोन बेल एड्वार्ड्सले स्थानीय र पर्यटकहरूलाई उक्त क्षेत्रमा नजान आग्रह गर्नुभएको छ ।

हार्ड रक इन्टरनेसनलले आफू उक्त होटलको भविष्यको व्यवस्थापक हुन लागेको र निर्माणकार्यमा आफ्नो संलग्नता नरहेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू