अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०९ | Colorodo: 13:24

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच परिचयात्मक भेट

बिआरटीनेपाल २०७६ असोज २५ गते ९:०३ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई प्रधानमन्त्री केपी शर्मा ओली लगायत मन्त्रिपरिषद्का सबै सदस्यलाई परिचय गराउनुभएको छ । भण्डारी समकक्षी सीलाई स्वागत गर्न विमानस्थलमै पुग्नुभएको थियो । यसरी वशिष्ट पाहुना आउँदा भण्डारी स्वागत गर्न दोस्रो पटक बिमानस्थल जानुभएको हो ।

परिचय गराउने कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीसहितका अधिकारीहरू विमानस्थलमा उपस्थित हुनुहुन्थ्यो । ‘गार्ड अफ अनर’ पछि परिचयात्मक कार्यक्रम भएको थियो । तीन वर्षअघि भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउँदा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले एयरपोर्टमै स्वागत गर्नुभएको थियो । उपराष्ट्रपति नन्दबहादुर पुन र तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतका अधिकारीहरू पनि सीलाई स्वागत गर्न विमानस्थलमै जानुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू