अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४४ | Colorodo: 21:59

सुनको मूल्य तोलामा पाँच सय घट्यो

बिआरटीनेपाल २०७६ असोज २४ गते ७:३१ मा प्रकाशित

शुक्रबार सुन तोलामा पाँच सय रुपैयाँ घटेको छ । नेपाल सुन(चाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार शुक्रबारको लागि छापावाला सुन प्रतितोला ७० हजार ४ सय र तेजावी सुन प्रतितोला ७० हजार एक सय रुपैयाँ कायम गरेको छ ।

यसअघि सुन प्रतितोला ७० हजार ९ सय रुपैयाँ थियो । सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ८ सय ४५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू