अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४८ | Colorodo: 19:03

भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार दुईजना स्वीस वैज्ञानिक र एकजना क्यानाडाली–अमेरिकी वैज्ञानिकलाई प्रदान गरिने

बिआरटीनेपाल २०७६ असोज २२ गते ८:२९ मा प्रकाशित

यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दुईजना स्वीस वैज्ञानिक र एकजना क्यानाडाली–अमेरिकी वैज्ञानिकलाई संयुक्तरुपमा प्रदान गर्ने घोषणा गरिएको छ । उनीहरुलाई खगोलशास्त्रको अध्ययनमा महत्वपूर्ण योगदान र्पुयाएको भन्दै पुरस्कृत गरिएको नोबेल पुरस्कार छनोट समितिले जनाएको छ ।

पुरस्कृत हुनेहरुमा स्वीस वैज्ञानिकहरु माइकल मायोर र डिडियर क्वुलोज तथा अमेरिकाको प्रिन्सटन विश्वविद्यालयका प्राध्यामक जेम्स पिबल्स रहेका छन् । जेनेभा विश्वविद्यालयले प्राध्यापकद्वयका तर्फबाट जारी गरेको विज्ञप्तिमा पुरस्कारको निर्णय निकै असाधारण र विशेष रहेको बताएको छ ।

विश्वविद्यालयले विज्ञप्तिमा भनेको छ–‘दुवै स्वीस वैज्ञानिकले खगोल विज्ञानमा अदभूत योगदान गर्नुभएको छ । उहाँहरुले वर्तमान सौर्यमन्डलबाहिर पनि अर्को ग्रह रहेको पहिलोपटक पत्ता लगाउनुभएको थियो । यो ग्रहको नाम ५१ पेगासी बी राखिएको छ ।’ अहिले वर्तमान सौर्यमन्डलबाहिर झन्डै २,००० ग्रह रहेको पत्ता लागिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू