अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५० | Colorodo: 21:05

चिनिया राष्ट्रपतिको भ्रमण मिति छिट्टै तय हुन्छ– परराष्ट्रमन्त्री ज्ञवाली

बिआरटीनेपाल २०७६ असोज १६ गते ९:१५ मा प्रकाशित

संयुक्त राष्ट्र संघको महासभामा भाग लिएर आज स्वदेश फर्किएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणको मिति छिट्टै तय हुने बताउनुभएको छ । सीको नेपाल भ्रमणको छलफलका एजेन्डामा मुख्यरुपमा केरुङ्ग–रसुवा काठमाडौँ रेलमार्ग हुने बमन्त्री ज्ञवालीको भनाई छ । भ्रमणको मिति तोक्ने विषयमा दुवै देशका अधिकारीहरु गृहकार्यमा लागिरहेकोले निर्णयमा नपुगेको उहाको भनाई थियो ।

मन्त्री ज्ञवालीले प्राविधिक विश्वविद्यालयको निर्माण पनि छलफलको एजेन्डामा पर्ने बताउनुभयो । उहाँले न्यूयोर्कमा भएको सार्क परराष्ट्र मन्त्रीस्तरीय बैठक सकारात्मक भएको समेत बताउनुभएको छ । सार्कको अध्यक्षको हैसियतले नेपालले सार्क परराष्ट्र मन्त्रीस्तरीय बैठक बोलाएको थियो । बैठकमा भारत र पाकिस्तानका परराष्ट्रमन्त्रीले कस्मीरका विषयमा एक अर्कामा आरोप लगाएको र बैठक ठोस निष्कर्षमा नपुगेको समाचारहरु आएका थिए।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू