अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५३ | Colorodo: 07:08

लेखेर सोधूँ कि बोलेर सोधूँ

राकेश कार्की २०७६ असोज १३ गते ८:२६ मा प्रकाशित

गीत

लेखेर सोधूँ कि बोलेर सोधूँ
या यो दिललाई खोलेर सोधूँ
लजालु रूप, बैँशालु यौवन
त्यो नजरले छोयो मेरो मन

छिन छिनमै आउन थाल्यो
कहाँबाट खुसी
माया लागेर हो कि
मायाकै बेहोसी

लेखेर सोधूँ कि बोलेर सोधूँ
या यो दिललाई खोलेर सोधूँ

थाहै नभई सर्दै गयो
रात र दिन
प्रेममा परिरह्यो
दुइटा जीवन

लेखेर सोधूँ कि बोलेर सोधूँ
या यो दिललाई खोलेर सोधूँ
लजालु रूप, बैँशालु यौवन
त्यो नजरले छोयो मेरो मन

लेखेर सोधूँ कि बोलेर सोधूँ
या यो दिललाई खोलेर सोधूँ