अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१६ | Colorodo: 20:31

एनआरएनए युरोप संयोजक बरुवालद्वारा केन्द्रीय सचिवमा उम्मेद्बारी घोषणा

बिआरटीनेपाल २०७६ असोज ८ गते ७:३० मा प्रकाशित

आउँदो अक्टोबर १५–१७ मा काठमाडौंमा हुने एनआरएनए आइसीसीको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनमा एनआरएनए युरोप संयोजक तथा समाजसेवी एवं बेल्जियमका लागि पर्यटन बोर्डका मानार्थ पर्यटन दूत शिवकुमार बरुवालले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको सचिव पदमा उम्मेद्बारी दिनु हुने भएको छ । युरोप संयोजकको हैसियतले २ वर्ष कार्यकाल सफलता पूर्वक सम्पन्न गरी आगामी दिनमा एनआरएनएको अभियानलाई अझै समृद्ध र सुदृढ गरी सबै गैरआवासीय नेपालीको अपनत्व हुने गरी नीति तथा कार्ययोजना अगाडि बढाउन र नेपालको समृद्धिमा एनआरएनलाई बलियो सहयात्रीको रुपमा स्थापित गर्न आफूले एनआरएनको सचिव पदमा उम्मेद्बारी दिन लागेको उहाँले बताउनु भएको छ ।

एनआरएनए बेल्जियमको स्थापनाकालदेखि नै एनआरएनए सस्थाप्रति दत्तचित भई मा लाग्नु भएका बरुवाल २००७ मा एनआरएनए बेल्जियमको सचिवालय सदस्य हुदैं अहिलेको अवस्थामा आउनुभएको हो । उहाँ युरोप सयोजकमा निर्वाचित भइसके पछि युरोप क्षेत्रमा एनआरएनएको संजाल बिस्तार गर्ने कार्यमा सक्रिय भइरहनु भएको छ । माल्टा , स्लोभाकिया जस्ता देश हरुमा एनआरएनको राष्ट्रिय समिति गठन गरी युरोप क्षेत्रमा २८ राष्ट्रमा एनआरएनए संजाल बिस्तार गर्न उहाँको महत्वपूर्ण भूमिका छ । उहाँले आफ्नो कार्यकालमा २०१८ मा लक्जम्बर्गमा २०१९ मा इटलीमा २ पटक युरोपियन भेला सम्पन्न समेत गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू