अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०० | Colorodo: 20:15

एनआरएनए उपाध्यक्षमा श्रेष्ठको उम्मेदवारी घोषणा

बिआरटीनेपाल २०७६ असोज ५ गते ९:५१ मा प्रकाशित

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आइसीसी उपाध्यक्षको लागि अर्जुनकुमार श्रेष्ठले उम्मेद्वारी घोषणा गर्नुभएको छ । एनआरएनएको आगामी अक्टोबर १५ देखि १७ सम्म हुने नवौं महाधिवेशन हुँदैछ । उक्त महाधिवेशनले एनआरएनएमा नयाँ नेतृत्व चुन्नेछ ।

बेल्जीयममा रहेका श्रेष्ठ एनआरएनएको स्थापना कालदेखि नै सक्रिय रहँदै आउनुभएको छ । यसअघि उहाँ दुई कार्यकाल आइसीसी सदस्यका साथै युरोप संयोजक, आइसीसी सचिव बनि सक्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू