अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१९ | Colorodo: 16:34

नेपाली समाज अस्ट्रेलियाको प्रथम सम्मेलन सम्पन्न

बिआरटीनेपाल २०७६ असोज ५ गते ९:४९ मा प्रकाशित

अस्ट्रेलियामा नयाँ शक्ति समर्थित संगठन अन्तर्रािष्ट्रय नेपाली समाज (आइएनएस) र समाजवादी फोरम समर्थित संगठन नेपाली संघीय समाज अस्ट्रेलिया (एनइएफएएसओ) बीच एकता सम्पन्न भएको छ। समायोजनपश्चात् गठित संस्थालाई नेपाली समाज अस्ट्रेलिया नामाकरण गरिएको छ।

यही सेप्टेम्बर २१ तारिख शनिबारका दिन सिड्नीको ६४–६८ प्रिन्सेस स्ट्रिटस्थित एसबरी सिनियर सिटिजन सेन्टरमा आयोजित कार्यक्रममा सो समायोजन घोषणा सभा तथा प्रथम सम्मेलनलाई टेलिकन्फ्रेन्समार्फत् पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले सम्बोधन गर्नुका साथै नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको थियो । सम्बोधनका क्रममा डा. भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूला माछाहरू समात्न नसकेको सन्दर्भमा एउटा जनताप्रति सिधै उत्तरदायी हुने खालको लोकपालको व्यवस्था गर्न जरुरी रहेको बताउनुभयो ।

सो सम्मेलनले नेपाली समाज अस्ट्रेलियाको अध्यक्षमा गणेश तामाङ, उपाध्यक्षमा सुमन खरेल, उपेन्द्र श्रेष्ठ, बीरबहादुर राई, शोभा श्रेष्ठ, महासचिवमा सन्तोष आचार्य, सचिवमा उमेश शाह, कोषाध्यक्षमा कृष्ण कार्की, सहकोषाध्यक्षमा अनिल बस्नेत, प्रवक्तामा गौतम बाबु तिवारी, पब्लिक अफिसरमा अभिषेक कुमार झा, युवा संयोजकमा विशाल खड्का, महिला संयोजकमा सुजता पाण्डे गौतम, विद्यार्थी संयोजकमा भूमिका लामा, साहित्यिक संयोजकमा टंक रिमाल, न्यु साउथ वेल्स संयोजकमा महेश भट्टराई, भिक्टोरिया संयोजकमा बुद्व मोक्तान, क्वीन्सल्याण्ड संयोजकमा अमित शर्मा, तास्मानिया संयोजकमा सुरज श्रेष्ठ तथा पश्चिम अस्ट्रेलिया संयोजकमा सीताराम पन्तलाई निर्वाचित गरेको छ ।

त्यसैगरी सल्लाहकारमा सुन्दोर्जे तामाङ, अरुणकुमार तामाङ, कमला पोखरेल, पुरन सायमी, संरक्षण समितिमा विनोद पौडेल, सुवान चौलागाईँ, समीम अनवर, चित्र तुम्बाहाम्फे, घनेन्द्र फियाक र तीर्थराज कार्कीलाई निर्वाचित गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू