अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२९ | Colorodo: 20:44

एनआरएनएको उपाध्यक्षमा डा. वद्री केसीद्धारा उम्मेदवारी घोषणा

बिआरटीनेपाल २०७६ असोज ५ गते ९:४५ मा प्रकाशित

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आईसीसी) को नर्वौ विश्व सम्मेलन नजिकिँदै गर्दा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । अध्यक्ष कुमार पन्त र कुल आचार्यले चुनावी तयारीलाई तीब्र बनाएसँगै अन्य प्रभावशाली हस्तीहरु पनि धमाधम उम्मेद्वारी घोषणा गर्न थालेका छन । यही क्रममा संघका बर्तमान महासचिव डा वद्री केसीले उपाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । एनआरएनएको महासचिवसहित केसी हाल नीती निर्माण समितिमा अध्यक्षसमेत हुनुहुन्छ ।

लामो समयदेखि रुसको मस्कोलाई कर्मथलो बनाउनुभएका केसी विगत १६ वर्षदेखि एनआरएनए अभियानमा अबिचलित रुपमा क्रियाशील हुनुहुन्छ । केसीले एनआरएनए यात्रामा साधारण सदस्य, रास्ट्रिय समन्वय परिषद्को महासचिव, दुई कार्यकाल अन्तरास्ट्रिय समन्वय परिषद केन्द्रीय सदस्य, केन्द्रीय कोषाध्यक्ष तथा दुई कार्यकाल केन्द्रीय महासचिवको जिम्मेवारी इमानदारीपूर्वक निभाउनु भएको छ । उहाँ सवै एनआरएनएका दुःखका साथीका रुपमापरिचित पनि हुनुहुन्छ ।

एनआरएनए जस्तो पवित्र सामाजिक संस्थामा व्यक्तिको कार्यदक्षता, विगतका अनुभव, संस्थाप्रतिको लगाव तथा संस्थालाई दिनसक्ने योगदान र क्षेत्रीय सन्तुलनको आधारमा केन्द्रीय परिषद्का सम्पूर्ण पदहरुमा चयन गरिनुपर्छ भन्ने सकारात्मक सोच राख्नुहुने केसीले संस्थालाई गतिशील बनाउदैं प्रभावकारी कार्य दक्षता देखाउन सक्ने अनुभवी नेतृत्व चयन हुनुपर्नेमा जोड दिनुभएको छ । अबको आफ्नो यात्रा संघको माथिल्लो नेतृत्व तर्फ लम्केको बताउँदै नेपाल भन्दा बाहिर बस्ने ५० लाख नेपालीहरुको हित र संस्थालाई मजबुत बनाउन ७ खम्बे विशेष सिद्धान्त आफूसँग रहेको केसीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू