अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०६ | Colorodo: 15:21

साउदी अरेबियामा सेना पठाउने अमेरिकाको घोषणा

बिआरटीनेपाल २०७६ असोज ४ गते ९:३३ मा प्रकाशित

दुई साताअघि तेल प्रसोधन केन्द्रमा हमला भएपछि अमेरिकाले साउदी अरेबियामा सेना पठाउने घोषणा गरेको छ । रक्षात्मक प्रयोजनका लागि सेना पठाउन लागेको अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बताउनुभयो । तेल प्रशोधन केन्द्रमा भएको हमलाको इरान समर्थित हुथी विद्रोहीले आक्रमणको जिम्मा लिइसकेका छन् ।

तर अमेरिका र साउदीले आक्रमणमा इरानको संलग्नता रहेको आशंका गर्दै आएका छन् । गत शुक्रबार राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि प्रतिवन्ध लगाइएको घोषणा गर्नुभएको थियो । अमेरिकी सेनाले साउदी सेनासँग सहकार्य गरेर हवाई तथा मिसाइल सुरक्षा प्रणालीलाई बलियो बनाउने बताइएको छ ।

सरकारी स्वामित्वको तेल कम्पनी अरामकोका अबकेक र खुराइसमा रहेका दुई प्रशोधन केन्द्रमा गएको दुई साता अघि १८ वटा ड्रोन तथा सातवटा क्रुज मिसाइल आक्रमण भएको साउदी अरेबियाको रक्षा मन्त्रालयले जनाएको छ ।

आक्रमण लगत्तै साउदी अरेबियाले तेल तथा ग्यासको उत्पादनमा कटौती गरेको छ । साउदी पठाउने सैनिकको संख्या भने खुलाइएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू