अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३१ | Colorodo: 18:46

गण्डकी प्रदेश सरकारले पर्यटन प्रवद्र्धकलाई देशका मुख्य शहर पठाउने

बिआरटीनेपाल २०७६ असोज २ गते ९:४६ मा प्रकाशित

गण्डकी प्रदेश सरकारले पोखरा र समग्र प्रदेशको पर्यटन प्रवद्र्धन गर्न प्रवद्र्धकहरुलाई मुलुकका विभिन्न शहरमा पठाउने भएको छ । सरकारले आन्तरिक भ्रमण वर्षको प्रवर्द्धन गर्न भन्दै देशका मुख्य शहरहरुमा ५० जनाको टोलीलाई घुम्न पठाउने भएको हो ।

विश्व पर्यटन दिवसको अवसरमा गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालको नेतृत्वमा ५० सदस्य एक टोली अभियानमा निस्कने भएको बिहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । प्रदेश नम्वर १, २, ३ र ५ का मुख्य मन्त्री मार्फत सरकारी, गैर सरकारी निकायहरु लगायत स्थानिय जनतालाई समेत मन्त्री लम्सालको नेतृत्वमा गएको टोलीले गण्डकी प्रदेशमा भ्रमणको निम्तो दिने छ ।

टोलीले देशका मुख्य शहर तथा बाटोमा पर्ने पर्यटकीय स्थलको समेत भ्रमण गर्ने भएको छ । टोली पाल्पाको तानसेन, नवलपुरको अमलटारी, चितवनको भरतपुर, मकवानपुरको हेटौंडा, धनुषा जिल्लाको जनकपुरधाम, सुनसरीको धरान र झापाको विर्तामोड लगायतका स्थानहरुमा पुगी वी टुवी, पत्रकार सम्मेलन, प्रदेशका चर्चीत कलाकारबाट सांस्कृतिक कार्यक्रममा सहभागी हुने भएको छ ।

प्रदेश सरकारले आन्तरिक भ्रमण बर्षका लागि यस चालु आर्थिक बर्षमा विनियोजन गरेको १ करोड मध्य उक्त अभियानमा हाल ३६ लाख खर्च हुने भएको मन्त्री लम्सालले बताए । उहाँका अनुसार टोलीमा मन्त्रालयबाट १०, निजी क्षेत्रबाट ३०, पत्रकार र कलाकारबाट ५÷५ जना सहभागि गराईने छ ।

भ्रमण टोलीलाई गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बीसुब्बा गुरुङले असोज ९ गते पोखराबाट विदाई गर्नुहुनेछ छ भने कार्यक्रमको समापन प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डौंमा गर्ने बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू