अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१२ | Colorodo: 06:27

भारतमा मानवरहित लडाकु विमान दुर्घटनाग्रस्त

बिआरटीनेपाल २०७६ भदौ ३१ गते ९:३३ मा प्रकाशित

भारतीय रक्षा अनुसन्धान एवम् विकास संगठन डिआरडिओको एउटा मानवरहित लडाकू विमान दुर्घटनाग्रस्त भएको छ । ‘अनम्यान्ड एरियल भेहिकल’ नामको उक्त विमान आज बिहान परीक्षण उडानका क्रममा दुर्घटनाग्रस्त भएको हो ।

कर्नाटकको चित्रदुर्ग जिल्लामा बिहान ६ बजे विमान दुर्घटनाग्रस्त भएको गृह मन्त्रालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । विमानको च्यालकेरे एरोना टिकल टेस्ट रेन्जमा आउटडोर परीक्षण गरिएको थियो ।

डिआरडिओले मानवरहित विमानको निर्माण गर्छ । दुर्घटनाका विषय थप अनुसन्धान भइरहेको डिआरडिओले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू