अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२८ | Colorodo: 12:43

हङकङमा विरोध प्रदर्शन जारी, अश्रुग्यास र पानीको फोहोरा प्रहार

बिआरटीनेपाल २०७६ भदौ ३० गते ७:४३ मा प्रकाशित

हङकङमा लोकतन्त्र पक्षधरहरुले गरेको आन्दोलनमा प्रहरीले धरपकड गर्दा थुप्रै प्रदर्शनकारी घाइते भएका छन् । प्रदर्शकारीहरुले प्रहरीमाथि पेट्रोल बम र ढुंगा प्रहार गरेपछि प्रहरीले जवाफी कारवाही स्वरुप अश्रुग्यास र पानीको फोहोरा प्रहार गर्दा उनीहरु घाइते भएका हुन् ।

प्रदर्शन गर्न रोक लगाइएका ठाउँहरुमा आन्दोलनकारीर्ले याली निकालेपछि प्रहरीले भीड नियन्त्रण गर्न अश्रुग्याँस प्रहार गरको हो । जसका कारण कयौं व्यापारीक संयन्त्रहरुमा क्षति पुगेको छ । सुपुर्दगी विधेयकको बिरोधमा सुरु भएको प्रदर्शन अहिले लोकतन्त्रका विभिन्न मुद्दामा केन्द्रित रहने गरेका छन् । हङकङको प्रदर्शन महिनौंसम्म जारी छ ।

यसैबीच हङकङको अदालतले प्रदर्शनमा सहभागी नहुन दिएको आदेश अटेर गर्दै आन्दोलनकारीले सरकारी कार्यालय र संसद भवन बाहिर प्रदर्शन जारी राखेका छन् । हङकङ मामिला आफनो आन्तरिक भएको बताउँदै आएको चीनले प्रदर्शनकारीलाई चेतावनी दिएपछि आन्दोलनले झन उग्र रुप लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू