अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०८ | Colorodo: 16:23

भारतसँग युद्ध हुन सक्छ– इमरान खान

बिआरटीनेपाल २०७६ भदौ २९ गते १०:१९ मा प्रकाशित

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले छिमेकी भारतसँग युद्ध हुन सक्ने बताउनुभएको छ । अलजजिरा टेलिभिजनसँगको अन्तर्वार्तामा प्रधानमन्त्री खानले दुई आणविक शक्ति राष्ट्रबीच युद्धको सम्भावना भए पनि पाकिस्तानले त्यसको सुरूआत नगर्ने बताउनुभयो ।

उहाँले परम्परागत हतियारको युद्धपछि आणविक युद्ध हुने र त्यस्तो युद्धमा पाकिस्तानले हार्ने अवस्था आए पनि आफूहरूले आत्मसमर्पण नगर्ने बरू अन्तिम श्वाससम्म लड्ने चेतावनी दिनुभयो । भारतले जम्मु कस्मिरलाई विषेशधिकार दिने संविधानको धारा ३७० फिर्ता गरेपछि भारत र पाकिस्तानबीच तनाव बढेको छ।

खानले डेढ महिनादेखि कस्मिरका ८० लाख मुस्लिमलाई भारतले गुमराहमा राखेको आरोप लगाउनुभयो । भारतले यो मुद्दाबाट ध्यान मोड्न पाकिस्तानलाई आतंकवाद फैलाएको आरोप लगाउने गरेको खानको तर्क छ ।

संविधानको धारा खारेज गर्नु भारतको आन्तरिक मामला भएपनि संयुक्त राष्ट्र संघले जनमत संग्रह गराउने भनेको कस्मिर विशेष अधिकार खोस्ने कुरा अन्तर्राष्ट्रिय मुद्दा भएको खानको भनाई छ । गत अगस्ट ५ मा भारतले कस्मिरलाई विशेष अधिकार दिने संविधानको धारा खारेज गरेको थियो। त्यसपछि जम्मु कस्मिरमा सञ्चार माध्यम र इन्टरनेट र भेला हुन लगाइएको प्रतिबन्ध अझै हटेको छैन।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू