अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१९ | Colorodo: 02:34

डेंगी नियन्त्रण नहुँदा पोखराका पर्यटन व्यवसायी चिन्तित

बिआरटीनेपाल २०७६ भदौ २८ गते १:१५ मा प्रकाशित

गण्डकी प्रदेश सरकारले यतिबेला आन्तरिक भ्रमण वर्ष २०१९ मनाइरहेको छ । यही समयमा कास्कीलगायतका अन्य जिल्लामा डेंगीको सङ्क्रमण बढ्दै गइरहेको छ । डेंगी नियन्त्रणका लागि स्थानीय टोल विकास संस्था, वडालगायतले आ–आफ्नो किसिमले जनचेतना जगाउने काम गरे पनि त्यसको परिणाम सोचेजस्तो सकारात्मक देखिन सकेको छैन ।

कास्कीमा साउनको पहिलो साता एक जनामा देखिएको डेंगी दोस्रो साताबाट ह्वात्तै बढ्दै. अहिले करीब एक हजार ३०० मा यसको सङ्क्रमण देखिसकेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । दिन प्रतिदिन बढ्दो डेंगी सङ्क्रमण नियन्त्रण नहुँदा पोखराका पर्यटन व्यवसायी चिन्तित देखिएका छन् । डेंगी सङ्क्रमणको त्रासले पर्यटन क्षेत्रमा असर गर्ने भन्दै उनीहरू चिन्तित देखिएका हुन् ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलका अनुसार सरकारको प्रभावकारी कार्ययोजना नहुँदा आन्तरिक पर्यटन वर्ष त्यति उपलब्धिमूलक बन्न नसकिरहेको अवस्थामा अर्कोतर्फ डेंगीको सङ्क्रमणको त्रासले पर्यटनमा प्रभाव पार्ने देखिएको छ । पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचन पनि डेंगीको त्रासले पर्यटन आगमनमा सुस्तता आउने स्वीकार्नुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू