अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३२ | Colorodo: 20:47

पेन्सनको विषयले पेरिसमा हड्ताल

बिआरटीनेपाल २०७६ भदौ २७ गते ९:३९ मा प्रकाशित

फ्रान्सको राजधानी पेरिसमा सरकारले ल्याएको पेन्सनमा सुधार गर्ने योजनाका विरुद्धमा हड्ताल गरिएको छ । उक्त योजनाको विरोध गर्दै हजारौं मानिसहरु राजधानी पेरिसमा जम्मा भएर यातायात सेवा, सरकारी कार्यालयमा हड्ताल गरेका छन् ।

सन् २००७ पछिकै सबैभन्दा ठूलो हड्ताल भएको बताइएको छ । राष्ट्रपति इम्यानुअल म्याक्रोन सरकारको विरुद्ध गरिएको यो पहिलो बृहत हड्ताल हो । म्याक्रोनको पेन्सन सुधार योजनाले विभिन्न पेशामा काम गर्ने व्यक्तिहरुका दर्जनौं पेन्सन स्किमहरु खारेज हुने भएकोले विरोध गरिएको बताइएको छ ।

सोमबारबाट सुरु भएको हड्ताल शुक्रबारसम्म जारी छ । जसमा वकिल, एयरलाइनका कर्मचारी, चिकित्सा क्षेत्रमा काम गर्ने व्यक्तिहरु बढी सहभागी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू