अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३२ | Colorodo: 22:47

रोल्पामा पहिरो, एकै परिवारका ६ जनाको मृत्यु

बिआरटीनेपाल २०७६ भदौ २७ गते ९:२९ मा प्रकाशित

रोल्पाको थबाङ गाउँपालिका वडा नम्बर–२, छेर्लोबाङमा शुक्रबार बिहान गएको पहिरोमा पुरिएर एकै परिवारका ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४१ वर्षीय जय बुढामगर, उहाँकी श्रीमती ४५ वर्षीया ज्योति, र दुई छोरी दिप्ती र सारंगा रहेका छन् । यस्तै अन्य मृतकहरुमा उहाँकै परिवारका २९ वर्षीय फिरकुमारी बुढामगर, उहाँको ४ वर्षीय छोरा असल बुढामगर छन् ।

घरभन्दा करिब ५०० मिटरमाथिबाट आएको पहिरोले उनीहरुको घर बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिनुभयो ।

पहिरोले उनीहरुको घरसँगै रहेको एउटा गोठ पनि बगाएको छ । मध्यराति १२ बजेतिर पहिरो गएपनि बिहानबाटमात्र उद्धारको काम भएको थियो । इलाका प्रहरी कार्यालय थबाङ, प्रहरीचौकी खरिबोट, रानागाउँको प्रहरीको टोली र स्थानीयको सात घन्टा लामो प्रयासपछि पहिरोबाट उनीहरुलाई निकालिएको थियो । घरमाथि सहिदमार्ग सडक रहेकाले उक्त सडकबाटै माटो भासिएर पहिरो जाँदा घटना भएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू