अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४९ | Colorodo: 19:04

जापानको मन्त्रिपरिषद्मा हेरफेर, ३८ वर्षीय शिन्जिरो नयाँ मन्त्री

बिआरटीनेपाल २०७६ भदौ २५ गते ९:४९ मा प्रकाशित

जापानका प्रधानमन्त्री शिन्जो आबेले बुधबार मन्त्रिपरिषद् हेरफेर गर्नुभएको छ । उहाँले नयाँ विदेश र रक्षामन्त्रीमा नयाँ व्यक्तिलाई नियुक्त गर्नुभएको छ । लोकप्रिय र उदाउँदो राजनीतिक व्यक्तित्वलाई बढुवा दिएको विज्ञहरुले निष्कर्ष निकालेका छन् ।

पूर्वप्रधानमन्त्री जुनिचिरो कोइजुमीका छोरा ३८ वर्षीय शिन्जिरो कोइजुमीलाई वातावरणमन्त्रीकारुपमा नियुक्त गरिएको छ । शिन्जिरो दोस्रो विश्वयुद्धको अन्त्य भएदेखि जापानको मन्त्रिपरिषद्मा नियुक्त भएका तेस्रो कान्छो मन्त्री हुनुहुन्छ । उहाँ राजनीतिको वरिष्ठताक्रममा र अन्य थुप्रै क्षेत्रमा ख्यातिप्राप्त व्यक्ति हुनुहुन्छ ।

आगामी नोभेम्बरसम्ममा आबे जापानको सबैभन्दा लामो समयसम्म सेवा पुर्याउने प्रधानमन्त्री बन्नुहुनेछ । तर, उहाँ ले २०२१ मा लिबरल डेमोक्र्या्टिक पार्टी (एलडीपी) नेतृत्वको चुनावमा पद छाड्ने अपेक्षा गरिएको छ । यसैगरी, जापानको नयाँ विदेशमन्त्रीमा तोशिमिट्सु मोटेगी नियुक्त हुनुभएको छ । उहाँलाई संयुक्तराज्य अमेरिकासँगको व्यापार सम्झौतामा गरेको कामको इनामकारुपमा पदोन्नति गरेको बताइएको छ ।

निवर्तमान विदेशमन्त्री तारो कोनोलाई रक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ । दक्षिण कोरियासँगको सम्बन्धमा आएको तिक्तताबीच उनलाई रक्षा मन्त्रालयको जिम्मेवारी दिनुले जापानको कोरियाप्रतिको नीतिमा कुनै परिवर्तन नआउने संकेत गरेको छ । कोनो सामाजिक सन्जालमा आमजनतासँग जोडिन रुचाउने व्यक्तिमा गनिनुहुन्छ । विदेशमन्त्री ६३ वर्षीय मोटेगी राजनीति र कूटनीतिमा निकै अनुभवी मानिनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू