अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५१ | Colorodo: 11:06

इरानले आणविक गतिविधिलाई अझ प्रभावकारी रुपमा अघि बढाउने

बिआरटीनेपाल २०७६ भदौ २० गते ७:२१ मा प्रकाशित

इरानले आणविक गतिविधिलाई अझ प्रभावकारी रुपमा अघि बढाउने तयारी गरेको छ । राष्ट्रपति हसन रुहानीले आणविक अनुसन्धान र विकासका लागि प्रभावकारी रुपमा अघि बढ्न निर्देशन दिएको बताइएको छ ।

सन् २०१५ मा विश्वका शक्ति राष्ट्रहरुसँग भएको परमाणु सम्झौतामा आफ्नो प्रतिबद्धता घटाउने र परमाणु सम्बद्र्धनका लागि शोध र विकास कार्यसँग जोडिएका सबै सीमालाई अन्त्य गर्ने घोषणा इरानले गरेको छ । इरानी राष्ट्रपति रुहानीले राष्ट्रका नाममा सन्देश जारी गर्दै सम्झौतामा सामेल अन्य मुलुकलाई आफ्नो प्रतिबद्धता पुरा गर्न दुई महिनाको समय दिनुभएको छ । । सम्झौता गरेका मुलुकले ती सम्झौतालाई पूर्ण पालन गरेको खण्डमा मात्र इरानले आफ्नो कदम पछि हटाउने रुहानीको भनाइ छ ।

गत वर्ष अमेरिकाले सन् २०१५ मा भएको सम्झौताबाट आफूलाई अलग्याएको थियो । उक्त कदमसँगै अमेरिकाले इरानमाथि विभिन्न प्रतिबन्ध लगाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू