अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१५ | Colorodo: 16:30

जिम्बाबेका पुर्ब राष्ट्रपति रोबर्ट मुगावेको निधन

बिआरटीनेपाल २०७६ भदौ २० गते ०:४१ मा प्रकाशित

जिम्बाबेका चर्चित पूर्व राष्ट्रपति रोबर्ट मुगावेको ९५ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । उहाँ स्वास्थ्यसम्बन्धी विभिन्न समस्या झेलिरहेका थिए । मुगाबेको सिंगापुरको एक अस्पतालमा गएको अप्रिलदेखि उपचार भइरहेको थियो ।

उहाँको परिवारले बीबीसीसँगको कुराकानीमा मृत्युको पुष्टि गरेको छ । मुगावे नोभेम्बर २०१७ मा सैनिक कू मार्फत् पदबाट हटाइनुभएको थियो । त्यसपछि उहाको तीन दशक लामो सत्ताको अन्त्य भएको हो ।

मुगावेले जिम्बाबे स्वतन्त्र भएपछिको पहिलो निर्वाचन जित्नुभएको थियो । उहाँ सन् १९८०मा प्रधानमन्त्री भएकोमा त्यसपछि सो पद नै खारेज गरेर सन् १९८७ देखि राष्ट्रपति बन्नुभएको थियो ।

  1. जिम्बाबेका शिक्षा सचिव फडजायी माहेरेले ट्विट गर्दै ‘रेस्ट इन पिस रोबर्ट मुगाबे’ लेख्नुभएको छ । मुगावे २१ फेब्रुवरी १९२४ मा जन्मनुभएको थियो ।
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू