अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१६ | Colorodo: 17:31

प्रधानमन्त्री ओली शुक्रवार स्वदेश फर्कने

बिआरटीनेपाल २०७६ भदौ १९ गते ८:१४ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओली भोलि शुक्रवार स्वदेश फर्कनु हुनेभएको छ । दुई साता लामो स्वास्थ्य उपचारपछि स्वास्थ्यलाभ गरी प्रधानमन्त्री ओली शुक्रवार दिउसो स्वदेश फर्कन लाग्नुभएको हो । १२ बर्ष अघि मृगौला प्रत्यारोपन गर्नुभएका प्रधानमन्त्री ओली मृगौलाकै उपचारका लागि गत भदौं ५ गते सिंगापुर जानुभएको थियो ।

उहाँको उपचार प्लाज्मा फेरेसिर बिधिबाट सात पटक गरिएको छ । उपचार सकिएसँगै प्रधानमन्त्री ओली शुक्रवार दिउसो १२ः२५ बजे स्वदेश फर्कन लाग्नुभएको हो । प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीले दिनुभएको जानकारी अनुसार थाइ एअरको नियमित उडानबाट प्रधानमन्त्री ओली शुक्रवार १२ः२५ बजे भित्रुवन अन्तराष्ट्रिय बिमानस्थलमा अवतरण गर्नुहुनेछ ।

प्रधानमन्त्रीलाई भेट्न सिंगापुर जानुभएका नेकपाका महासचिव बिष्णु पौडेलले पनि सरीरमा एन्टिबडी बढेपछि नष्ट गर्नको गरिएको उपचा।पछि स्वास्थ्य अवस्था राम्रो भएको जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन महासचिव पौडेल मंगलवार सिंगापुरमा जानुभएको थियो । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था राम्रो रहेको जानकारी दिँदै महासचिव पौडेलले नेपाल फिर्ता हुने तालिकामा फेरबदल नभएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझन नेकपाका उपाध्यक्ष वामदेव गौतम पनि बुधवार सिंगापुर जानुभएको छ । दुवै नेता प्रधानमन्त्री ओलीसँगै स्वदेश फर्कने कार्यक्रम रहेको छ । मृगौलाको समस्याका कारण ‘एन्डीबडी’ को मात्रा बढेर प्रधानमन्त्री ओली भदौ ५ गते सिंगापुर प्रस्थान गर्नुभएको थियो । सिंगापुर पुगेलगत्तै उहाँको सिंगापुरस्थित नेशनल अस्पतालमा उपचार गरिएको थियो ।

प्रधानमन्त्री ओलीले साउन १८ गते सिंगापुर प्रस्थान गरी सिंगापुरको सोही हस्पिटलमा मृगौलाको परीक्षण गराई साउन २७ गते स्वदेश फर्कनुभएको थियो । गत भदौ ५ गते उपचारको लागि सिंगापुर जानुभएका प्रधानमन्त्री ओलीको ६ गतेदेखि प्लाज्मा फेरेसिस बिधिबाट उपचार सुरु भएको थियो । यो मिर्गौलाको एन्टिबडी हटाउने विधि हो । प्लाज्मा फेरेसिस सात चरणसम्म गरिन्छ ।

बुधबार सातौँ चरण पूरा भएसँगै उपचार सकिएको हो । प्रधानमन्त्री ओलीका नीजि चिकित्सक डा. दिलिप शर्माका अनुसार अन्तिम रिपोर्ट आउन एम महिना लाग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू