अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२७ | Colorodo: 11:42

कांग्रेसद्धारा दोस्रो चरणको राष्ट्रिय जागरण अभियान घोषणा, ३५ हजार बिरुवा रोपेर एक लाख युवासँग साक्षात्कार गर्ने

बिआरटीनेपाल २०७६ भदौ १९ गते ८:०५ मा प्रकाशित

नेपाली कांग्रेसले दोश्रो चरणको राष्ट्रिय जागरण अभियान घोषणा गरेको छ । पार्टीले यही भदौ २४ गतेबाट दोस्रो चरणको राष्ट्रिय जगरण अभियान सञ्चालन गर्ने जनाएको छ । जननायक वीपी कोइरालाको १०६ औं जन्म जयन्तिको अवसर पारेर कांग्रेसले दोस्रो चरणको जारण अभियान सञ्चालन गर्न लागेको हो ।

‘हिमाल, पहाड, तराई–मधेश (हिपतम) जागरण’ नाम दिइएको दोस्रो चरणको अभियान असोज ७ गते समापन हुने कांग्रेसले जनाएको छ । तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रित गरेर सञ्चालन हुने अभियानका लागि सोही संख्यामा केन्द्रीय प्रतिनिधिहरु खटाइने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

कार्यक्रमका बारेमा जानकारी दिन बिहीबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले जागरण अभियानको दोस्रो चरणका कार्यक्रमहरू प्रथम चरणका कार्यक्रमझैं छरितो स्वरूपमा हुने बताउनुभयो । “एक मिनेटभित्र आसन ग्रहण सकिन्छ । ठूला केजीमा तौलिने माला एवं व्याजरहित हुन्छ । वक्ताको संख्या सीमित हुन्छ,” उहाँले भन्नुभयो, “ अभियान बढी अन्तरक्रियात्मक हुन्छ । अभियानको दोस्रो चरणमा पार्टीका नेता एवं प्रतिनिधिहरूले बोल्ने कम र सुन्ने बढी प्रकृतिका कार्यक्रम निर्धारित छन् ।”

प्रवक्ता शर्माले दोस्रो चरणको अभियानमा एउटा मात्रै सभाको कार्यक्रम तय गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार अभियानको अन्तिम दिन असोज ७ गते कांग्रेसले ७७ वटै जिल्लामा विभिन्न पाँच वटा मुद्दामा केन्द्रित रहेर विरोध प्रदर्शन र सभा गर्ने भएको छ । प्रवक्ता शर्माले समापनका दिन गरिने जिल्लास्तरीय प्रदर्शनमा स्थानीय स्तरका मुद्दाहरुलाई पनि प्राथमिकताका साथ उठाइने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू