अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४४ | Colorodo: 12:59

कांग्रेसले बुधवार राष्ट्रिय जागरण अभियान घोषणा गर्ने

बिआरटीनेपाल २०७६ भदौ १७ गते ८:०२ मा प्रकाशित

नेपाली कांग्रेसले बुधवार दोस्रो चरणको राष्ट्रिय जागरण अभियान घोषणा गर्ने भएको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार बसेको पार्टी केन्द्रीय कार्य समितिले आवश्यक निर्णय लिने र बुधबार अपरान्ह ३ बजे पत्रकार सम्मेलनमार्फत कार्यक्रम घोषणा गर्ने जानकारी दिनुभएको छ । केन्द्रीय कार्य समिति बैठकमा पार्टीको म्याद सकिएका भातृ संगठनको म्याद थप्ने विषयमा छलफल जारी छ ।

त्यसैगरी विदेशस्थित ३५ वटा जनसम्पर्क समितिको पनि म्याद थप्ने विषयमा पनि केन्द्रीय कार्य समितिले आजै टुंगो लगाउने कांग्रेसले जनाएको छ । बैठकमा पार्टीको विधानलगायतका १४ बूँदे एजेन्डामाथि छलफल भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू