अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३५ | Colorodo: 06:50

व्यापार युद्धका कारण ३० लाख चिनियाँले रोजगारी गुमाए – राष्ट्रपति ट्रम्प

बिआरटीनेपाल २०७६ भदौ १६ गते ५:५९ मा प्रकाशित

व्यापार युद्ध चलिरहँदा अमेरिका र चीनले एकअर्काको सामानमा अर्बौं डलरको आयात शुल्क लगाइसकेका छन् । चीनप्रति कठोर देखिँदै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि गलत व्यापारिक गतिविधिमा सामेल भएको र बौद्धिक सम्पदा चोरी गरेको आरोप लगाउँदै आउनुभएको छ । त्यतिमात्रै होइन, उनले चीनमा व्यापार युद्धको नकारात्मक प्रभाव देखिन थालेको समेत दाबी गर्नुभयो ।

ट्रम्पले भन्नुभयो, ‘बितेको केही महिनामै चीनलाई ठूलो झट्का लागेको छ। तीस लाख चिनियाँले नोकरी गुमाएका छन्। यो संख्या अझै बढ्नेवाला छ ।’ हङकङबाट प्रकाशित हुने पत्रिका ‘साउथ चाइना मर्निङ पोष्ट’ले छापेको एक सामग्रीलाई आधार बनाएर ट्रम्पले यस्तो आरोप लगाउनुभएको हो ।

उक्त पत्रिकाले चाइना इन्टरनेशनल क्यापिटल कर्पलाई उद्धृत गर्दै ‘सन् २०१८ र २०१९ को बीचमा व्यापार युद्धका कारण १९ लाख मानिस बेरोजगार भएको’ लेखेको छ । यस सम्बन्धमा ह्वाइट हाउसले भनेको छ, ‘उक्त लेखमा मे महिनापछिको स्थिति उल्लेख छैन, मे यता अमेरिकाले करमा भारी वृद्धि गरिसकेको छ।’ तर‚ ट्रम्पका प्रवक्ताले ३० लाखको आँकडाको थप आधारबारे भने स्पष्ट पारेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू