अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०० | Colorodo: 01:15

नविल बैंकबाट पैसा चोर्ने ५ चिनियाँ पक्राउ, १ सय ३२ वटा एटीएम बरामद

बिआरटीनेपाल २०७६ भदौ १५ गते १:२१ मा प्रकाशित

एटीएमबाट पैसा चोर्ने ५ चिनियाँ पक्राउ परेका छन्। अनधिकृत रूपमा रकम निकाल्ने पाँच चिनियाँ नागरिकको गिरोहलाई प्रहरीले विशेष सूचनाका आधार पक्राउ गरेको हो। प्रहरीले उनीहरुलाई शनिबार राति कारोडौँ रूपैयाँसहित पक्राउ गरेका हो। दरबारमार्गस्थित नविल बैंकको एटीएमबाट पैसा निकाल्दा निकाल्दै उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुका साथबाट प्रहरीले १ करोड २६ लाख २९ हजार नेपाली रुपैयाँ बरामद गरेको छ भने ९ हजारभन्दा बढी अमेरिकी डलर बरामद गरेको छ।त्यस्तै उनीहरूको साथबाट १ सय ३२ वटा एटीएमसमेत प्रहरीले बरामद गरेको छ। काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार पक्राउ परेकाहरु चिनियाँ नागरिकहरूलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू