अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३८ | Colorodo: 07:53

हङकङमा सुरक्षाकर्मीबाट बल प्रयोग, सांसदसहित समर्थकहरु गिरफ्तार

बिआरटीनेपाल २०७६ भदौ १५ गते ०:०५ मा प्रकाशित

हङकङमा जारी सरकार विरोधी प्रदर्शन नियन्त्रण गर्न सुरक्षाकर्मीले बल प्रयोग गरेको छ । प्रदर्शनमा रोक लगाएपनि स्थानीयले बिरोध जारी राखेपछि सुरक्षाकर्मीले अश्रु ग्यास, रबरका गोली र पानीको फोहोरा प्रयोग गरेर भीड तितरवितर पारेको थियो ।

विरोधका क्रममा प्रदर्शनकारीले सुरक्षाकर्मीलाई लक्षित गर्दै पेट्रोल बम प्रहार गरेपछि झडप भएको बिबिसीले जनाएको छ । हङकङमा पूर्ण लोकतान्त्रिक निर्वाचनमा चीनले रोक लगाएको पाँच वर्ष पुगेको सन्दर्भमा सर्वसाधारणले बिरोध र्याली निकालेका हुन् ।

प्रदर्शनकाक्रममा सांसदहरुसहित लोकतन्त्रका समर्थकहरुलाई सुुरक्षाकर्मीले गिरफ्तार गरेका थिए । विगत लामो समयदेखि सुपुर्दगीसम्बन्धी विधेयकको विरोध गर्दै सर्वसाधारणले आन्दोलन गर्दै आएका छन् । आन्दोलन बढ्दै गएपछि सरकारले उक्त विधेयक फिर्ता लिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू