अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२० | Colorodo: 09:35

दक्षिण कोरियाली नागरिकको प्रजनन् दर घट्दो

बिआरटीनेपाल २०७६ भदौ १३ गते ९:३६ मा प्रकाशित

दक्षिण कोरियाका नागरिकमा प्रजनन् दर न्यून देखिएको छ । दक्षिण कोरिया सरकारले केही दिनअघि सार्वजनिक गरेको एक तथ्यांकले उनीहरुको प्रजनन् दर यस वर्ष अझ कम हुँदै गएको देखाएको हो । सन् २०१८ मा दक्षिण कोरियालीको प्रजनन् दर ०.९८ रहेको छ । गत वर्ष दक्षिण कोरियाको प्रजनन दर १.०५ थियो । सन् २०१७ को तुलनामा सन् २०१८ मा ८.७ प्रतिशत बालबालिका कम जन्मिएको पाइएको हो ।

सन् १९७० यता सरकारले वार्षिक रुपमा प्रजनन् दरको तथ्यांक संकलन गर्न लागेको हो । दक्षिण कोरियाको यो तथ्यांकलाई तुलना गर्दा विश्वमै सबभन्दा कम प्रजनन् दर भएको मुलुक बन्ने देखिएको बताइएको छ ।

सन् २०१८ मा जापानको प्रजनन् दर १.४२ छ । सन् २०१८ मा अमेरिकाको प्रजनन् दर १.७२ छ । एक महिलाले आफ्नो जीवनकालमा जन्माउने बच्चाको औसत संख्याका आधारमा प्रजनन् दर मापन गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू