अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३३ | Colorodo: 17:48

एनआरएनएको युवा संयोजकमा स्वतन्त्र प्रताप शाहद्धारा उम्मेदवारी घोषणा

बिआरटीनेपाल २०७६ भदौ १२ गते १०:०७ मा प्रकाशित

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को अक्टोबर महिनामा हुने विश्व सम्मेलन नजिकिँदै जाँदा विभिन्न देशहरूबाट उम्मेदवारी दिने क्रम शुरू भएको छ। यसै क्रममा स्वतन्त्र प्रताप शाहले युवा संयोजक पदमा उम्मेदवारी घोषणा गर्नुभउको छ । युवा व्यवसायी शाहले यसअघि तीन पटकसम्म एनआरएनए अस्ट्रेलिया राष्ट्रिय समन्वय परिषद्को उपाध्यक्ष भएर काम गरिसक्नुभएको छ ।

देशभित्र तथा बाहिर रहेका युवाहरूलाई जोड्दै लगानी र सीप नेपालमा भित्र्याउने, गैरआवासीय नेपाली स्पोर्ट्स एकेडेमीको स्थापना गर्ने, एक एनआरएन एक विदेशी साथी नेपालको भ्रमणमा पठाई नेपाल भ्रमण वर्षलाई सफल पार्न सहयोग पुर्याउने, युवा स्वरोजगारमूलक तालिम र कार्यक्रम सञ्चालन गर्ने लगायतका चुनावी एजेण्डा शाहका रहेका छन्।

२० वर्षको उमेरमा नेपालको अछामबाट अस्ट्रेलिया पुगेका युवा व्यवसायी शाह नेपाल तथा अस्ट्रेलियामा विभिन्न व्यवसायमा संलग्न हुनुहुन्छ । गैरआवासीय नेपाली संघ अन्तर्रा्ष्ट्रिय समन्वय परिषद्को आगामी अक्टोबर १५ देखि १७ तारिखसम्म काठमाडौँमा हुने विश्व सम्मेलनले सन् २०१९–२१ को नयाँ कार्यसमितिको चयन गर्नेछ। शाह सन् २०१७–२०१९ को सम्मेलनमा युवा संयोजकको चुनावमा एक मतको झिनो अन्तरले पराजित हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू