अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०९ | Colorodo: 20:24

पाकिस्तानद्धारा २९० किलोमिटरसम्म मार हान्ने मिसाइल परिक्षण

बिआरटीनेपाल २०७६ भदौ १२ गते ९:२६ मा प्रकाशित

आणविक शक्ति राष्ट्र पाकिस्तानले २९० किलोमिटरसम्म मार हान्न सक्ने मिसाइलको परीक्षण गरेको छ। भारतले आफू प्रशासित जम्मु कस्मिरलाई विशेष मान्यता दिने संविधानको व्यवस्था हटाएको विषयलाई अन्तर्राष्ट्रियकरण गर्न प्रयास गरिरहेको पाकिस्तानले बुधबार राति मिसाइल परीक्षण गरेको हो।

जमिनबाट जमिनमा मार हान्न सक्ने घजनवी नामको उक्त मिसाइलको परीक्षण गरिएको पाकिस्तानी सेनाका प्रवक्ता आसिफ गफुरले ट्वीटरमा उल्लेख गर्नुभएको छ । मिसाइल परीक्षण सफल भएकोमा पाकिस्तानका राष्ट्रपति र प्रधानमन्त्रीले पाकिस्तानी टोलीको परीक्षण टोलीलाई बधाई दिएका छन्।

उक्त मिसाइलले आफूसँगै केही हतियार पनि लैजान सक्छ। पाकिस्तानले गत मे मा सहिन २ र जनवरीमा नासर मिसाइलको परीक्षण गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू