अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२८ | Colorodo: 13:43

राष्ट्रपति भण्डरी र नेकपा अध्यक्ष प्रचण्डबीच भेट

बिआरटीनेपाल २०७६ भदौ ८ गते ९:४८ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । भेटमा राष्ट्रपति भण्डारीले अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर अगाडि बढ्न सुझाव दिनुभएको बुझिएको छ । राष्ट्रपति भण्डारीसँगको भेटपछि प्रचण्डले त्यसबारे केही नेतालाई ब्रिफिङ् गर्नुभएको थियो ।

भेटमा राष्ट्रपति भण्डारीले दुई अध्यक्ष मिलेमात्रै पार्टी सहि दिशामा जाने भन्दै सहमतिमा अगाडि बढ्न प्रचण्डलाई सुझाव दिएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । राष्ट्रपति निवास शीतल निवासमा झन्डै दुई घण्टा भएको भेटमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे पनि सामान्य छलफल भएको थियो ।

प्रधानमन्त्री एवम् पार्टीका अर्का अध्यक्ष उपचारका लागि अहिले सिंगापुरमा हुनुहुन्छ । सोही बेला राष्ट्रपति भण्डारीले अध्यक्ष प्रचण्डलाई छलफलको लागि बोलाउनुभएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू