अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१४ | Colorodo: 06:29

मुलुकको मौसममा बदली, पश्चिमी भू भागमा भारी वर्षाको सम्भावना

बिआरटीनेपाल २०७६ भदौ ८ गते ९:४३ मा प्रकाशित

आज देशभर मौसम बदली रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पश्चिमी भू भागमा सामान्य बदली र मध्य तथा पूर्वी भू भागमा आंशिक देखि सामान्य बदली भएको थियो । आज रातिपनि पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित वर्षा हुने मौषम बिभाग विभागले जनाएको छ ।

विभागका अनुसार पश्चिमी भू भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज राति देशको पश्चिमी भू भागमा सामान्य बदली र मध्य तथा पूर्वी भू भागमा आंशिक देखि सामान्य बदली रहने बताईएको छ । पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित वर्षा हुनेछ भने पश्चिमी भू भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

हाल देशका मध्य र पश्चिमी भू भागका धेरै स्थानमा बदली भई केही स्थानमा वर्षा भईरहेको छ । पूर्वी भू भागमा आंशिक देखि सामान्य बदलीको अवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू