अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३९ | Colorodo: 19:54

चिनियाँ प्रभावलाई निस्तेज पार्न भारतीय प्रधानमन्त्री मोदी दुई दिने भ्रमणका लागि भुटानमा

बिआरटीनेपाल २०७६ साउन ३२ गते ९:३४ मा प्रकाशित

भारतीय प्रधानमन्त्री नरेन्द्रमोदी दुई दिने औपचारिक भ्रमणका लागि भुटान पुग्नुभएको छ । दोस्रोपटक प्रधानमन्त्रीमा निर्वाचित भएपछि मोदी औपचारिक भ्रमणका लागि शनिबार बिहान थिम्पु पुग्नुभएको हो ।

मोदीलाई स्वागत गर्न भुटान समकक्षी लोटे शेरिंगले आफैं विमानस्थल पुग्नुभएको थियो । शेरिंगको स्वागतबाट आफू प्रभावित भएको मोदीले ट्वीटमार्फत जनाउनुभएको छ । भ्रमणका क्रममा मोदीले भुटान सरकारसँग केही महत्वपूर्ण सम्झौतापत्रमा हस्तक्षर गर्ने कार्यक्रय तय भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

विशेष गरी विद्युत् व्यापार र शिक्षासँग सम्बन्धित विषयमा दुई देशबीच सम्झौता हुने जनाइएको छ। भ्रमणका क्रममा मोदीले त्यहाँका नेताहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको जनाइएको छ। भुटानले चीनसँगको सम्बन्ध मजबुत बनाउन चाहि रहेका बेला त्यसलाई रोक्ने कडीका रुपमा मोदी दोस्रो कार्यकालको सुरुवातमै भुटान जानुभएको विश्लेषण गरिएको छ। यसअघि सन् २०१४ मा भएको चुनावमार्फत पहिलोपटक प्रधानमन्त्री बन्द पनि मोदीले विदेश भ्रमण भुटानबाटै सुरुवात गर्नुभएको थियो ।

भ्रमणका क्रममा मोदीले भुटानको व्यापार विस्तारका लागि चार सय करोड भारतीय रुपैयाँ सहयोगको घोषणा गर्ने बताइएको छ। भारतले भुटानलाई पाँच वर्षभित्र पाँच हजार करोड आर्थिक सहयोग गर्ने घोषणा सन् २०१८ मै गरेको थियो। यसपटक दिन लागेको चार सय करोड त्यही कार्यक्रमको निरन्तरता हुने भारतीय विदेश मन्त्रालयका सचिव विजय गोखलेले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू