अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०८ | Colorodo: 22:23

म १५ बर्षअघि विरामी थिएँ, अहिले हैन – प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७६ साउन ३१ गते २:३७ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले आफु अहिले नभई १५ वर्षअघिमात्र विरामी भएको बताउनु भएको छ । झापाका जनप्रतिनिधिसँग आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उहाले आफ्नो स्वास्थ्यका विषयमा खुलेर कुराकानी गर्नुभएको हो ।

प्रधानमन्त्रीले ओलीले हिजो सामान्य आएको ज्वरोलाई बाहिर हाँगा हालेर खवर आएको भन्दै असन्तुष्टि समेत पोख्नु भयो । ‘म सिकिस्तै भएको खवर सुनेर आउनु भएको होला । म १५ वर्षअघि विरामी थिएँ, अहिले होइन’, उहाले जनप्रतिनिधिहरुसँग अगाडी भन्नुभयो,‘हिजो ९९ डिग्री ज्वरो आएर एकछिन् आराम गरेको थिएँ, बाहिर त हाँगा हालेर खवर आएछ ।’

प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यका सम्बन्धमा सरोकार राख्ने शुभचिन्तकहरुसँग भन्नुभयो “गत हप्ता सिंगापुरमा आँखा,कान,घाँटी र बुढी औंलादेखि कान्छी औंलाका नङसम्म परीक्षण गरेर आएको छु । डाक्टरले सबै अंग ठिक छ भनेका छन् । अब २०–२५ बर्ष केही हँुदैन भन्छन् । त्यस कारण म बिरामी होइन ।”

प्रधानमन्त्री ओलीले आफू १५ बर्ष अघि बिरामी भएको र १२ बर्ष अघि मृगौला प्रत्यारोपण गरेको स्मरण गर्नु भयो । “म अहिले होइन ,१५ बर्ष अघि विरामी थिंए । १२ बर्ष अघि मृगौला प्रत्यारोपण गरेको हुँ । त्यही कहानीलाई अहिले प्रचार गरिएको छ ।” प्रधानमन्त्री ओलीले भन्नुभयो “मलाई विरामी नै भन्ने हो भने पनि म बिरामी हुँदाहुँदै चुनावमा मोर्चा बनाएर पार्टीलाई सफलता दिलाएँ । विरामी हुँदाहुँदै बहुमत दिलाएँ । सरकार बनाएँ र बिरामी हुँदा हुँदै पार्टी एकिकरण गरें ।”

नेकपा अगुवा कार्यकर्ताहरुले झापा क्षेत्र नं ५ को दमक ,गौरादह नगरपालिका र कमल गाउँपालिकामा औद्योगिक पार्क निर्माण गर्ने परियोजना लगानी बोर्डले स्वीकृत गरिदिएकोमा धन्यवाद दिएका छन् । भेटका अवसरमा प्रधानमन्त्री ओलीले औद्योगिक पार्क निर्माण हुन लागेकोमा सबैलाई बधाइ दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू