अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५४ | Colorodo: 21:09

नेपाल बिद्युत प्राधिकरणको बार्षिक नाफा ७ अर्ब

बिआरटीनेपाल २०७६ साउन २८ गते ९:२० मा प्रकाशित

नेपाल विद्युत् प्राधिकरणले आर्थिक बर्ष २०७५/७६ मा ७ अर्ब बढी नाफा कमाएको छ । उर्जा जलश्रोत तथा सिञ्चाई मन्त्री बर्षमान पुनले मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी आर्थिक बर्ष २०७५/७६ मा प्राधिकरणले ७ अर्ब २० करोड नाफा कमाएको जानकारी दिनुभयो । २०७४/७५ मा प्राधिकरणले साढे २ अर्ब नाफा कमाएको थियो ।

अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्षमा प्राधिकरणले १ सय ४९ प्रतिशतले बढी नाफा कमाएको थियो । प्राधिकरणले साँवा, व्याज र रोयल्टी गरी राज्यको ढुकुटीमा १५ अर्ब ५९ करोड रुपैयाँ जम्मा गरेको छ । प्राधिकरणले विद्युत् चुहावटमा पनि उल्लेख्य रुपमा कमी ल्याएको छ । अघिल्लो बर्षको भन्दा ५ दशमलब १३ प्रतिशतले विद्युत् चुहावट घटेको छ । हाल प्राधिकरणको विद्युत् चुहावट १५ दशमलब १३ प्रतिशत छ ।

प्राधिकरणले गत आर्थिक बर्षमा ३ करोड ४७ लाख युनिट अर्थात् ३२ करोड रुपैयाको विद्युत् निर्यात गरेको छ । पत्रकार सम्मेलनमा उर्जा मन्त्री पुनले लामो समय देखि रुग्ण बनेको अपर त्रिशुली ३ ‘ए’ तथा कावेली करिडोर लगायतका उत्पादन तर्फ १, प्रशारण तर्फ ३ र वितरण तर्फ ३४ गरी ३८ वटा रुग्न आयोजनाहरु सम्पन्न भएको जानकारी दिनुभयो । काठमाडौं उपत्यकालाई तार रहित बनाउने अभियान अन्तर्गत भूमिगत तार बिछ्याउने काम छिट्टै सुरु गरिने मन्त्री पुनले बताउनुभयो ।

विद्युत् चुहावटमा कमी ल्याउँदै प्रभावकारी सेवा विस्तार लगायतका सुधार गर्दे अघि बढेको प्राधिकरणले भविष्यमा थप नाफा आर्जन गर्ने विश्वास व्यक्त गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू