अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१८ | Colorodo: 19:33

नेपाली काँग्रेसले महाधिवेशन प्रतिनिधि प्रशिक्षण गर्ने

बिआरटीनेपाल २०७६ साउन २७ गते ९:४४ मा प्रकाशित

नेपाली काँग्रेसले साउन ३१ देखि भदौ ६ गतेसम्म तीन प्रदेशमा महाधिवेशन प्रतिनिधिका लागि प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गण्डकी, प्रदेश ५ र कर्णाली प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागेको हो । गण्डकी प्रदेशका लागि साउन ३१ र ३२ गते पोखरामा, प्रदेश ५ का लागि भदौ २ र ३ गते रुपन्देहीको भैरहवामा र कर्णालीका लागि भदौ ५ र ६ गते सुर्खेतको वीरेन्द्रनगर प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

यस्तै, पार्टीको सांगठनिक संरचना, विधान र विशेषता, राजनीतिक, आर्थिक प्रस्ताव, दृष्टिकोण, नेपाल कम्युनिष्ट पार्टीको सरकारको मूल्यांकन तथा जनतासंग सम्पर्क र संवाद जस्ता विषयमा प्रशिक्षण गर्ने प्रतिष्ठानले विज्ञप्तिमार्फत जनाएको छ । प्रशिक्षण कार्यक्रम काँग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुहुने र वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरु पनि सहभागी हुने बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू