अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३८ | Colorodo: 21:53

एनआरएन यूकेको निर्वाचन तालिका सार्वजनिक

बिआरटीनेपाल २०७६ साउन २६ गते ९:४० मा प्रकाशित

गैरआवासीय नेपाली संघ यूकेको निर्वाचन तालिका सार्वजनिक भएको छ । आईतबार फार्नबरोस्थित भिलेज होटेलमा आयोजित एनआरएन युकेको जानकारी सभामा निर्वाचन समितिले निर्वाचन तालिका सार्वजनिक गरेको हो । घोषणा अनुसार सेप्टेम्बर १४ मा हुने एनआरएन यूकेको निर्वाचनको लागि उम्मेदवारी दर्ता भने अगस्ट १८ तारिखमा नै गराइने भएको छ ।

अगस्ट ११ को साँझ ५ बजे मतदाताको प्रथम नामावली प्रकाशन, १३ अगस्ट दिउँसो ३ बजेसम्म नामावली सच्चाउने एवम् थप कागजात बुझाउने, १४ अगस्ट साँझ ५ बजे मतदाताको दोस्रो नामावली प्रकाशन, १५ अगस्ट दिउँसो ३ बजेसम्म मतदाता नामावलीउपर दाबी विरोध र सोहि दिन साँझ ८ बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिने कार्यक्रम छ ।

त्यसैगरी १८ अगस्टको बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ता, दिउँसो २ः३० बजे उम्मेदवारको पहिलो नामावली प्रकाशन, साँझ ५ बजेसम्म दाबी विरोध र साँझ ८ बजे उम्मेदवारहरुको दोस्रो नामावली प्रकाशन गरिने भएको छ। उम्मेदवारी फिर्ताको लागि २० अगस्टको दिउँसो १ बजेसम्मको समय दिइनेछ भने सोहि दिन दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

मतदानको कार्यक्रम सेप्टेम्बर १४ को बिहान ८ देखि साँझ ८ बजेसम्म रहनेछ । निर्वाचन समितिले १३ हजार ८९० मतदातालाई बेलायत भरमा १ दर्जन मतदान केन्द्रहरु राख्नुपर्ने अवस्था रहेको बताए पनि केन्द्रहरु कहाँकहाँ रहने निर्णय भइनसकेको बताएको छ । निर्वाचन समितिका संयोजक मेजर रिटायर्ड डमर घले (एमबिई) र सहसंयोजक शिवजी श्रेष्ठले निर्वाचन तालिका सार्वजनिक गर्दै स्वतन्त्र र निश्पक्ष निर्वाचनको लागि कुनै कसर बाँकी नराख्ने संकल्प लिँदै आफुहरु खटिएको जानकारी गराउनुभयो ।

उक्त कार्यक्रममा विधान संशोधन समितिका संयोजक योगेन क्षेत्रीद्धारा प्रस्तुत विभिन्न संशोधन प्रस्तावमाथि सहभागीहरुले आ–आफ्ना सुझाव पेश गरेका थिए । सो अवसरमा आइसिसी पूर्व सल्लाहकार एवं आसन्न निर्वाचनमा आइसिसी महासचिवका उम्मेदवार डा. हेमराज शर्माले विधान संशोधनका विषयमा जानकारीमूलक सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू