अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४१ | Colorodo: 09:56

काश्मिर सम्बन्धमा भारतीय कदमबारे अवधारणा बनाउन पाकिस्तानले बनायो समिति

बिआरटीनेपाल २०७६ साउन २२ गते ९:३५ मा प्रकाशित

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतले काश्मिरको सम्बन्धमा चालेको कदमबारे अवधारणा बनाउन सात सदस्यीय समिति गठन गर्नुभएको छ । राजनीतिक, कूटनीतिक र कानुनी उपचारका लागि समिति गठन गरिएको हो ।

समितिमा पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरेसी, महान्यायाधिवक्ता, विदेशसचिव, ‘आइएसआई’का प्रतिनिधि, सैनिक प्रतिनिधि र ‘आइएसपीआर’ प्रमुख बिलाल सुफी रहेका छन् । यसअघि, मंगलबार पाकिस्तानी संसदमा भारतीय कदमबारे छलफल भएको थियो ।

बैठकमा प्रधानमन्त्री खानले भारतीय जनता पार्टीको सरकार नश्लवादी श्रेष्ठताको विचार लिएर अगाडि बढिरहेको भन्दै भाजपा हिटलरको नाजी पार्टीकारुपमा देखापरेको आरोप लगाउनुभएको थियो । भारतमा हिन्दुलाई महत्वपूर्ण र मुस्लिमलाई निच देखाउने प्रयास भइरहेको आरोप पनि उहाँले लगाउनुभयो । पाकिस्तानी प्रधानमन्त्री खानको उक्त आरोपप्रति भारतले भने कुनै प्रतिक्रिया दिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू