अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:११ | Colorodo: 09:26

असफल भएको महशुस हुनासाथ मन्त्री पद त्याग्छु – पर्यटनमन्त्री योगेश भट्टराई

बिआरटीनेपाल २०७६ साउन १६ गते ९:३२ मा प्रकाशित

सरकारका नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराईले असफल भएको महशुस हुनासाथ मन्त्री पद त्याग्ने घोषणा गर्नुभएको छ । मन्त्री पद सम्हालेको भोलिपल्ट पत्रकारहरुलाई प्रतिक्रिया दिँदै भट्टराईले आफ्नालागि सबभन्दा ठूलो करार सम्झौता त्यही हुने बताउनुभयो ।

बिहीबार बिहान तत्कालीन एमालेको पार्टी कार्यालय बल्खुस्थित मदन भण्डारीको शालिकमा माल्यार्पण गर्दै मन्त्री भट्टराईले काम गर्न नसकी असफल भएको दिनमा पद त्याग गरी पछाडि हट्ने बताउनुभयो ।

नेपाललाई विश्वकै आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको बताउँदै मन्त्री भट्टराईले प्रधानमन्त्रीले आफुलाई दिने निर्देशन तथा करार यहि हुने र त्यही अनुसार काम गर्ने प्रष्ट पार्नुभयो ।

यसअघि, प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रीहरुसँग करार सम्झौता गर्नुभएको थियो । सम्झौतापछि मन्त्री नियुक्त भएकाले भट्टराईसँग भने करार सम्झौता हुन बाँकी छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू