अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:११ | Colorodo: 03:26

यती एयरलाईन्सको सेवा विस्तार, पोखराबाट भैरहवा र भरतपुरमा पनि जहाज उडाउने

बिआरटीनेपाल २०७६ साउन ९ गते ९:५० मा प्रकाशित

यती एयरलाईन्सले पोखराबाट भैरहवा र भरतपुर उडान भर्ने भएको छ । यही साउन १६ गतेदेखि भैरहवामा र भदौ १५ गते देखि भरतपुरमा उडान गर्न लागिएको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा कम्पनीका म्यानेजर एवं प्रबक्ता भीमराज राईले जानकारी दिनु भयो । भदौ २९ देखि माउण्टेन फ्लाईट गर्ने तयारी पनि भैरहेको एयरलाईन्स कम्पनीका डाइरेक्टर सरल राणाले बताउनुभएको छ ।

३० सिटर जेटस्ट्रिम विमानबाट उडान भर्न लागिएको कम्पनीको भनाई छ । पोखरा–भैरहवा र पोखरा–भरतपुरका उडान समय औसत २० देखि २५ मिनेटको हुने बताइएको छ । पोखरा भैरहवाको लागि टिकट दर चार तहमा छुट्टाएको छ, जसमा २७ सय देखि ४ हजार ३ सय ५० सम्म रुपैया सम्मका टिकट उपलव्ध हुनेछन् ।

यस्तै पोखराबाट भरतपुर सम्म २५ सय देखि ३८ सय भाडा रहेको जनाएको छ । यस्तै माउण्टेन फ्लाईटमा नेपालीको लागि ८ हजार र विदेशीको लागि ९० डलर भाडा रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू